यो मोक्ष, निर्वाण या संबोधि भनेको के हो? संबुद्ध व्यक्तिहरूले यसलाई कसरी अभिव्यक्त गरेका छन्? संबोधिको यो अनुभूति शब्दमा वर्णन गर्न दुरुह छ। अधिकांश संबुद्धहरू संबोधिपछि बोल्दैनन्।
आफ्नो १३७ वर्षको जीवनकालको अन्तिम ३७ वर्ष नेपालमा बिताउनुभएका श्री शिवपुरीबाबाले ३७ वर्षको अनवरत् तपस्यापछि अमरकण्टकको जंगलमा यो परमपद् पाउनुभयो। निःशब्दमा प्रतीत हुने यो अनुभव उहा“ले बडो काव्यात्मक ढंगले व्यक्त गर्नुभएको छ– ‘गड केम एज अ फ्लास। अल क्वेस्चन्स् आन्सर्ड, एन्ड अल प्रोब्लम सल्भ्ड् फरएवर।' (परमात्मा प्रकाशस्वरूप अचानक प्रकट भयो, सबै प्रश्न सुल्भि्कए, सबै समस्या सदाका लागि समाधान भए।) संबोधि प्राप्त नभइञ्जेलसम्म मनमा प्रश्न उमि्ररहन्छन् र जसले जति जवाफ दिए पनि प्रश्न मेटिँदैनन् किनभने पाएकै उत्तरबाटै नया“ नया“ प्रश्न खडा भइरहन्छन्।
आफ्नो संबोधिको बारेमा ओशोले दिनुभएको अभिव्यक्ति त्यस्तै काव्यमय र विशिष्ट छ। ओशो भन्नुहुन्छ– ‘म विगतका अनेक जन्मदेखि मुक्ति र स्वतन्त्रताको खोजमा थिए“। अनेक जन्मेदखि मेरो एकमात्र लक्ष्य मुक्ति नै थियो। २१ मार्चभन्दा सात दिनअगाडि यति गहन प्रयास गरे तापनि सत्य नपाएकाले म निराश भए“ र खोजका सबै प्रयास बन्द भए। यो प्रयास बन्द हुनासाथ आफूभित्रको ‘म' भाव बिस्तारै बिलाउन थाल्यो। एक रहस्यमय विशाल, अनन्त उपस्थिति म वरिपरि विद्यमान हुन थाल्यो। वास्तवमा मभित्र केही उदाइरहेको थियो टाढा क्षितिजमा लालिमापूर्ण सूर्य नरम किरण वर्षाउँदै उदाएझैं। मन विस्तारै हराउँदै थियो, दूर क्षितिजमा। मुक्तिपछि मैले अनुभव गरें मोक्षको यो गहन आकांक्षा नै यस मार्गमा बाधा बनिरहेको थियो।'
‘म सुत्न गए“। त्यस रहस्यमय निद्रामा मैले जागरण र निद्रा, जीवन र मृत्यु दुवै विपरित ध्रुव मिलिरहेको देखें। रातको बाह्र बजे मेरा आ“खा खोलिए। मैले आफू वरिपरि आनन्द र प्रकाशको विशाल भूमरीको गहन उपस्थिति महसुस गरें। मलाई आफू बसेको कोठा सानो लाग्न थाल्यो र कोठाभित्र मलाई थिचिएको महसुस हुन थाल्यो। प्रकृतिको सान्निध्यमा गएर बस्ने गहन इच्छाले म कोठाबाहिर आए“। भित्र भइरहेको त्यो रहस्यमय घटनाको अगाडि त्यो विशाल आकाश पनि मलाई सानो लाग्न थाल्यो। म नजिकैको भवरताल पार्कको बगैँचासम्म पुग्दा मैले गुरुत्वाकर्षणको बोधै गरिन। मैले वरिपरि हेरें। सारा बगैँचा एक दिव्य आभाले चम्किरहेको थियो। त्यस पार्कमा भएका रुखमध्ये एउटा मौलश्री वृक्ष अझ विशेषरूपले बढी चम्किरहेको देखें। मलाई त्यो रुखले आफूतिर आउने आमन्त्रण दिइरहेको जस्तो लाग्यो। म त्यो रुखमुनी बसें। घडीको समयमा करिब तीन घण्टा जति म बसेको हुँला तर त्यो मेरा लागि समयातीत अनन्तको एक क्षणमात्र थियो। त्यो क्षणदेखि नै म आफ्नो शरीरमा छैन, शरीर वरिपरि तैरिरहेको छु। म चमत्कृत छु। अब म शरीर हैन। म त्यस क्षणदेखि असाध्य ऊर्जावान् र शक्तिशाली भए“ साथै अन्यन्त कोमल र संवेदनशील पनि।'
‘त्यही रातमा मेरो मन सधैँका लागि शून्यतामा विलायो र मभित्र पूर्णताको जन्म भयो। म व्यक्तिको रूपमा समाप्त भएँ र चेतनाका रूपमा अनन्त फैलिँदै जगतमा व्याप्त भएँ। मैले जन्मजन्मान्तरदेखि खोजिरहेको निर्वाण प्राप्त भयो। मैले देखेँ: यो जगतमा हरेकतर्फबाट आशीर्वाद वर्षिरहेको छ, चारैतिर एक सामञ्जस्य र सुन्दरता छ। परम् दिव्यशक्ति अनन्तरूपले यस जगतमा लीलामय छ।'
पृथ्वीमा संबोधि प्राप्त व्यक्ति हरेक समय कुनै न कुनै कुनामा उपस्थित रहन्छन्। त्यस्ता व्यक्तिको उपस्थितिले मात्र पृथ्वीमा हाम्रो जीवन थामिएको छ। नत्र कहिल्यै तृप्त नहुने वासना, पीडा, सन्ताप, क्रोध र हिंसाले मानिसले यो पृथ्वीलाई पूर्णतया नर्कमा परिणत गरिसकेको हुन्थ्यो।
प्रत्येक २५ सय वर्षमा मानव चेतनामा धर्मचक्र प्रवर्तन गर्ने एक महापुरुषको जन्म हुन्छ जसको प्रभाव हजारौं वर्षसम्म पनि फैलिरहेको हुन्छ। जस्तो: आजभन्दा २५ सय वर्षपूर्व बुद्ध भए। त्योभन्दा २५ सय वर्षअघि श्री कृष्ण भए। अझ त्योभन्दा ५ हजार वर्षपूर्व शिव भए। यी बुद्ध पुरुषहरूको प्रभाव कहिल्यै समाप्त हुनेवाला छैन, सधैँ फैलिँदै जानेछ। ओशोको अवतरण पृथ्वीमा यस्तै दुर्लभ घटना हो। शिव र कृष्ण जस्तै ओशो पनि आफ्नो जीवनकालमा अबुझ र विवादित रहे। उहा“हरूले गरेका कतिपय कार्य तत्कालीन समयमा अनैतिक, अपच र अनुशासनहीन पनि ठानिए तर जतिजति समय बित्दै गयो उहा“हरूको सन्देश त्यतित्यति विशाल, कल्याणकारी र वन्दनीय बन्दै गयो। ओशोको बारेमा पनि ठीक यस्तै हुनेछ भन्ने मेरो ठम्याइ छ। उहा“ले शरीर छाडेको आज २४ वर्ष भयो। जतिजति समय बित्दै जान्छ उहा“ त्यति नै वन्दनीय बन्दै जानुहुनेछ। यो शताब्दीको अन्तसम्ममा उहा“ यस युगका युगान्तकारी सद्गुरुका रूपमा कृष्ण, बुद्ध, जिसस् र मोहम्मद जस्तै सर्वमान्यरूपमा प्रतिस्थापित हुनुहुनेछ भन्ने मेरो पूर्ण आस्था छ।
बुद्धको निर्वाणले लाखौं साधकलाई धर्मको आर्यपथमा हिँड्न प्रेरणा मिल्यो र हजारौं व्यक्तिले निर्वाण प्राप्त गरे। बुद्धको जीवनकालमै ५ सय भिक्षुले निर्वाण प्राप्त गरिसकेका थिए। बुद्धको मार्ग अहिले पनि जीवन्त मार्ग हो र यस मार्गमा २६ सय वर्षदेखि साधकहरू निरन्तर बुद्धत्व प्राप्त गरिरहेका छन्। बुद्धको निर्वाण जस्तै ओशोको संबोधिबाट एक नया“ शृंखलाको सुरुवात भयो। ओशोले पहिलोचोटि धर्मलाई बाहिरी कर्मकाण्ड, पूजा, विश्वास र साम्प्रदायिक परिवेशबाट मुक्त गरी मानवमात्रको विश्वव्यापी कल्याणकारी दर्शन प्रस्तुत गर्नुभयो। उहा“ले आडम्बर र गम्भीरताबाट मुक्त गरी धर्ममा एक उत्सववादी आयाम थप्नुभयो। ओशो भन्नुहुन्छ– ‘गम्भीरता एक महारोग हो। आजसम्मको धर्मले मनुष्यलाई हा“स्न र आनन्दित भएर बाँच्न सिकाउँदैन, अकारण गम्भीर, दुःखी र उदास बनाउँछ।' ओशोको शब्दमा आनन्द हाम्रो मौलिक स्वभाव र खोज हो। हामी हरेक दिशामा त्यही आनन्दको विस्तार खोजिरहेका हुन्छौं। ओशोले तपस्याको नाममा परमात्माबाट उपहारस्वरूप पाएको अनुपम शरीरलाई सताउने, काम र प्रेम जस्ता नैसर्गिक संवेगहरूलाई दमन गर्दै संवेदनहीन बनाउने प्रक्रिया पूर्णतः अवैज्ञानिक छ भन्नुभयो। परम्पराको नाममा अन्धविश्वासमै रुमल्लिएको धर्मलाई वैज्ञानिक विधिहरूद्वारा तर्क र विज्ञानसम्मत आयाम थप्दै सरस र उल्लासपूर्ण बनाउनुभयो।
ओशोको दृष्टि छ, आज विज्ञान र प्रविधिले संसारलाई एक परिवारमा परिणत गरिदिइसक्यो। अब संगठित धर्म र मतिभ्रमित राजनीतिले मात्र यसलाई एक हुन दिइरहेको छैन। अब उन्नत प्रविधिको यस युगमा विभाजित भएर दुनियाको एक तिहाई जनसंख्यालाई गरिबीको रेखामुनि राख्नु हाम्रो मूर्खता र दुर्भाग्य हो। राष्ट्रिय सुरक्षाको नाममा मुर्खतापूर्वक बगाइने खर्बौ डलर, प्रतिष्ठाको प्रदर्शनीमा गरिने आडम्बरी खर्च, अनावश्यक धार्मिक र राजनीतिक कर्मकाण्ड र वितन्डामा हुने फजुल खर्च मनुष्यको जीवनस्तर उकास्न उपयोग गर्न सके आजै २ अरब मानिस भोकै सुत्नुपर्ने स्थिति अन्त हुने थियो। हामीले मरेपछि स्वर्ग खोज्नुपर्दैनथ्यो, यो सुन्दर पृथ्वी नै स्वतः स्वर्ग बन्न सक्थ्यो। त्यही उद्देश्यका लागि ओशो बाँच्नुभयो र यसै कारणले उहाँले असमयमै मर्नु पनि पर्यो। त्यही स्वप्न साकार गर्नका लागि ओशो तपोवन समर्पित छ।
No comments:
Post a Comment